काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अन्तर्राष्ट्रिय टीट्वेन्टीको मान्यता दिए पनि नेपाल हालसम्म आइसीसीको वरियताक्रममा भने परेको छैन। आइसीसीद्वारा सोमबार राति सार्वजनिक गरिएको टीट्वेन्टी रेटिङमा भने नेपाल १२ औं स्थानमा परेको छ। वरियताक्रममा सामेल हुन सन् २०१० को अगस्ट १ देखी सन् २०११ को जुलाई अन्तिमसम्म कम्तिमा आठवटा खेल खेलेको हुनुपर्छ।
वरियताक्रमको १२ औं स्थानमा रहेको अफगानिस्तानभन्दा नेपालको रेटिङ बढी छ। अफगानिस्तानको ६२ र नेपालको ६३ रेटिङ प्वाइन्ट छ। रेटिङमा नेपाल जिम्बाबे र स्कटल्यान्डभन्दा पनि अगाडि छ। जिम्बाबेको ५२ र स्कटल्यान्डको ५१ रेटिङ प्वाइन्ट छ। वरियताक्रम नपाएका तीन टोली नेपाल, हङकङ र युएईमध्ये नेपाल शिर्ष स्थानमा छ। आईसीसीको टीट्वेन्टी वरियताक्रममा १४ टोलीलाई समेटिएको छ। रेटिङका आधारमा वरियताक्रम छुट्याउने गरिएको छ।
बंगलादेशमा सम्पन्न आईसीसी टीट्वेन्टी विश्वकपमा नेपालले खेलेका तिनवटा खेलले मात्र अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता पाएको थियो। त्यतिबेला नेपालले आईसीसीको टीट्वेन्टी मान्यता नपाए पनि विश्वकपको खेल भएकाले नेपालको खेललाई पनि अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता दिएको थियो।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै आईसीसीले नेपाललाई हालै अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता दिएको थियो। सिनियरतर्फ पहिलो पटक क्रिकेट विश्वकप खेलेको नेपालले उक्त प्रतियोगितामा दुई जित र एक बराबरीको नतिजा निकालेको थियो। अन्तराष्ट्रिय एकदिवशियको मान्यता नपाए पनि सोझै टीट्वेन्टीको मान्यता पाउने राष्ट्र नेपाल र नेदरल्यान्ड्स मात्र हुन्। त्यसअघि एकदिवशिय मान्यता पाएका आईसीसीको एसोसिएट सदस्यले स्वत: टीट्वेन्टी अन्तर्राष्ट्रियको पनि मान्यता पाउने गर्थे।
आईसीसीको पछिल्लो टीट्वेन्टी वरियताक्रममा भारत पहिलो, श्रीलंका दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र अस्ट्रेलिया पाँचौ स्थानमा छन। यसैगरी न्युजिल्यान्ड छैटौं, वेस्ट इन्डिज सातौं, इङल्यान्ड आठौं, आयरल्यान्ड नवौं, बंगलादेश दशौं, नेदरल्यान्ड्स ११ औं, अफगानिस्तान १२ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १४ औं स्थानमा रहेका छन्।(अन्नपूर्ण)

काठमाडौं, साउन ४ गते ।
क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस एभेइरोले रोनाल्डो पेटमा हुदाँ गर्भपतन गर्न चाहेको कुरा बताएकी छिन् । डोलोरेसले सार्वजनिक गरेको अटोबायोग्राफीमा सो कुरा उल्लेख छ ।
डाक्टरले गर्भपतन गर्ने उनको निर्णय अस्वीकार गरेका कारण रोनाल्डो जन्मिएका थिए ।
उनको पुस्तकका अनुसार डाक्टरले गर्भपतन गर्न अस्वीकार गरेपनि उनले घर गएर बियर खाएर कडा अभ्यास गरेकी थिईन । रोनाल्डोको आमाले भनिन् ुउसले मलाई त्यो कुरा थाहा पाएपछि भन्यो, हेर्नुस मम्मी तपाइ मलाई गर्भपतन गराउन चाहनुहुन्थयो, तर अहिले कहाँ छु ।ु रोनाल्डो रियल म्याड्रिडबाट फुटबल खेल्छन्, आजको राजधानी दैनिकमा समाचार छ ।

ब्रासिलिया (एजेन्सी), असार २९ - विश्वकप फुबटलको सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७-१ ले हारेको आयोजक ब्राजिल तेस्रो स्थानको लागि आइतबार भएको खेलमा पनि पराजित भएको छ । उसलाई ३-० ले हराएर नेदरल्यान्ड्स तेस्रो हुदै विश्वकपको यात्रा टुग्यायो ।
ब्राजिलले पछिल्ला दुई खेलमा १० गोल बेहोर्यो । घरेलु मैदानमा सन् १९४० यता पहिलोपल्ट लगातार दुई खेल हारेको हो । उसले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको हार घरेलु मैदानमा ३९ बर्षपछिको असफलता थियो ।
एक खेलको प्रतिबन्धपछि मैदानमा फर्केका कप्तान थियागो सिल्भाले आर्जेन रोबेनलाई पेनाल्टी क्षेत्रनजिक तानेर लडाएपछि रेफ्रि अल्जेरियन रेफ्रि डिजामेल हाइमोउडीले नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएको थियो । त्यसमा लसकिट प्रहार गर्दै कप्तान रोबिन भान पर्सीले तेस्रो मिनेटमै नेदरल्यान्ड्सलाई १-० को अग्रता दिलाए । उनले गरेको गोल ब्राजिलले विश्वकपमा बेहोरेको १ सयौं गोल हो ।
नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता भान पर्सीले अन्तर्राष्ट्रिय फुटबलमा ४७ औं गोल गरेका हुन् । यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल हो यो । रोबेनलाई गरेको फलमा सिल्भा रातो कार्डको हकदार थिए । तर, उनलाई रेफ्रिले पहेलो कार्ड मात्र दिए ।
सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा हारेको डच टिमले आयोजक ब्राजिलले अग्रता दोब्बर पार्न धेरै बेर कुर्नुपरेन । डाली ब्लिन्डले १५ यार्डबाट बललाई पोष्टको दिशा दिएपछि नेदरल्यान्ड्स २-० ले अगाडि बढ्यो । उनको ब्राजिलियन डिफेन्डर डेविड लुईजको गम्भीर गल्तीमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
ब्लिन्डले गरेको गोल पाँचपल्टको च्याम्पियन ब्राजिलले यो विश्वकपमा बेहोरेको १३ औं गोल हो । सबै विश्वकप (२० संस्करण) मा सहभागी एकमात्र देश ब्राजिलले एकै संस्करणमा बेहोरेको यो नै सबैभन्दा धेरै गोल हो ।
डच टिमको तेस्रो गोल सब्स्टिच्युट जर्जिनियो विज्नाल्डमको नाममा रह्यो । उनले डारेल जानमाटको क्रसमा इन्ज्युरी टाइममा गोल गरेपछि नेदरल्यान्याल्ड्स ३-० ले विजयी भयो ।
जर्मनीसँग सेमिफाइनलमा ७-१ को स्तब्धपूर्ण हार बेहोरेको ब्राजिली टिममा प्रशिक्षक लुईस फेलिप स्कोलरीले ६ खेलाडी परिवर्तन गर्दै नेदरल्यान्ड्सविरुद्ध तेस्रो स्थानको प्रतिस्पर्धामा उतारेका थिए ।
डच टिमसँगको अन्तिम खेलमा प्राप्त फराकिलो जितमा प्रशिक्षक लुईस भान गाल खुशी देखिएका छन् । अब उनले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्नेछन् ।
विश्वकप फुटबलको फाइनलमा जर्मनी र अर्जेन्टिना नेपाली समय अनुसार आज राति १२:४५ बजे खेल्दैछन् ।

Watch the tool-making New Caledonian crow play "crowball" and make some predictions for the World Cup.
कागले भविष्यवाणी गरे विश्वकप अर्जेन्टिनाले जित्छ (भिडियो सहित)
ब्राजिल, असार २७– प्रतियोगिताको पहिलो खेलमै साबिक विजेता स्पेनलाई ५-१ गोलले हराएपछि नेदरल्यान्ड्स एकाएक जारी विश्वकपको उपाधि दाबेदारका रूपमा देखापरेको थियो।
यस हारमा स्पेनका धेरै खराब कीर्तिमान बनेका थिए। त्यो नतिजाले डच टोली र उसका प्रशिक्षक लुइस भान गाललाई चर्चामा ल्यायो।
समूहगत चरणका तीन खेलमा १० गोल गर्दै दोस्रो चरणमा पुगेपछि त नेदरल्यान्ड्सको चर्चा झनै चुलियो। यसअघि तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेका कारण डच टोली ब्राजिलमा विश्वविजेता बनेर उपाधिको प्यास मेट्न चाहन्थ्यो। तर नेदरल्यान्ड्स बुधबार राति भएको सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भयो।
यस नतिजाले डच टोली र ६२ वर्षीय प्रशिक्षक भान गाल दु:खी हुनु अस्वाभाविक थिएन। भान गाल पीडामा पिल्सिरहँदा अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो भने खुसीमा नाचिरहेका थिए। रोमेरोले टाइब्रेकरमा नेदरल्यान्ड्सका दुईवटा प्रहार रोकेका थिए। रोमेरोको यो प्रदर्शन डच टोलीका प्रशिक्षक भान गालका लागि सुख र दु:ख दुवैको सम्मिश्रणयुक्त क्षण थियो। किनभने पेनाल्टी प्रहारलाई कसरी रोक्ने भन्ने कला भान गालले नै रोमेरोलाई सिकाएका थिए।
‘मैले नै रोमेरोलाई कसरी पेनाल्टी रोक्ने भनेर सिकाएको थिएँ। आज मैले सिकाएको ज्ञान नै मेरा लागि अभिशाप बन्यो। यसले मलाई अझ बढी चोट पु:याएको छ’, भान गालले भने। रोमेरोले सन् २००७ देखि दुई वर्ष अल्कमारका लागि व्यावसायिक फुटबल खेल्दा भान गाल टोलीका प्रशिक्षक थिए। अल्कमारमा आबद्ध हुँदा रोमेरो मात्र २० वर्षका थिए। रोमेरोले पनि भान गालबाट धेरै कुरा सिकेको स्वीकारेका छन्।
‘जब म नेदरल्यान्ड्समा क्लब फुटबल खेल्न गएको थिएँ, त्यतिबेला भान गालले मलाई धेरै कुरा सिकाएका थिए। वास्तवमा मैले फरक परिवेशमा भान गालबाट धेरै कुरा सिक्ने अवसर पाएको थिएँ। उनीप्रति म सधैं कृतज्ञ रहनेछु’, २७ वर्षीय रोमेरोले भने। सेमिफाइनलमा आफ्नो टोली विजयी भएपछि रोमेरोले डच टोलीको ड्रेसिङ रुममा गएर भान गाललाई ‘धन्यवाद’ भनेका थिए।
रोमेरोले टाइब्रेकरमा वेस्ली स्नाइडर र रोन भिलारको प्रहार रोकेका थिए। रोमेरोले स्नाइडरको प्रहार बायाँतर्फ डाइभ गर्दै र भिलारको प्रहार दायाँतर्फ डाइभ गरेर रोकेका थिए। स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका भान गालले यो सिजनदेखि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड समाल्ने भएका छन्।
‘पहिलो पेनाल्टी प्रहार गर्न कसैले मानेनन्’
अर्जेन्टिनाविरुद्ध भएको टाइब्रेकरमा आफ्ना भरपर्दा खेलाडीहरूले पहिलो प्रहार गर्न नमानेको डच प्रशिक्षक भान गालले खुलासा गरेका छन्। आफूले दुई खेलाडीलाई अनुरोध गरे पनि उनीहरूले पेनाल्टी प्रहार गर्न नमानेको प्रशिक्षक भान गालले बताए।
नेदरल्यान्ड्सका लागि पहिलो पेनाल्टी प्रहार गर्न आएका रोन भिलार गोल गर्न असफल भएका थिए। ‘मैले भिलारलाई पठाउनुअघि दुईजना खेलाडीलाई अनुरोध गरेको थिएँ तर उनीहरू तयार भएनन्। त्यसैले मैदानमा राम्रो खेलिरहेकाले भिलारलाई मैले उक्त जिम्मेवारी दिएको हुँ’, प्रशिक्षक भान गालले भने। -एजेन्सी

काठमाडौं, असार २७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अर्जेन्टिनालाई विश्वकपका नियम तोडेको भन्दै कारवाही गरेको छ ।
प्रतियोगिताका क्रममा देखाएको व्यवहारको भ्रत्सना
गर्दै फिफाले अर्जेन्टिनालाई ३ लाख स्वीस फ्र्याँक अर्थात झण्डै ३ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेको छ ।
विश्वकप फुटबलका नीति नियम तोडेको भन्दै फिफाको अनुशासन समितिले अर्जेन्टिनाको फुटबल संघलाई ३ लाख स्वीस फ्र्याँक जरिवाना गर्ने निर्णय गरेको हो । खेलपछिको पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक र एक जना खेलाडी उपस्थित हुनु पर्नेमा मुख्य प्रशिक्षक मात्र उपस्थित भएर अर्जेन्टिनाले नियम तोडेको फिफाको दावी छ ।
समूह चरणमा अर्जेन्टिनाले नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमसँगको खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक अलेजेन्द्रो साबेला मात्र उपस्थित थिए । यस्तै सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि पनि कुनै खेलाडी पत्रकार सम्मेलनमा उपस्थित भएका थिएनन् । खेलको पूर्वसन्ध्यामा र खेल लगत्तै हुने पत्रकार सम्मेलनमा प्रशिक्षकका साथमा टिमका एक जना खेलाडी पनि उपस्थित हुने पनि व्यवस्था छ । अर्जेन्टिनाले विश्वकपको फाइनलमा आइतबार राती जर्मनीसँग खेल्दै छ ।

काठमाडौं, असार २७ - चिलीका फुटबल स्ट्राइकर एलेक्सिस सान्चेज इंग्लिस क्लव आर्सनलमा आवद्ध भएका छन् ।
उनी ३ करोड ५० लाख पाउण्डमा बार्सिलोनाबाट आर्सनलमा गएका हुन् । उनले आर्सनलबाट हप्ताको १ लाख ४० हजार पाउण्ड तलब पाउने छन् । आर्सनलसँग ४ वर्षको सम्झौता गरेको सान्चेजले इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग खेल्ने आफ्नो पुरानो चाहना रहेकोे भन्दै यो सम्झौताबाट खुसी लागेको बताए । उनले आर्सनले १७ नम्बरको जर्सी पाएका छन् ।
सान्चेज सन् २०११ मा २ करोड पाउण्ड भन्दा केही ट्रान्सफर फी र १ करोड बोनस पाउन गरी इटालीको उडिनेस क्लवबाट बार्सिलोना आएका थिए । सन् २०११ मा ३ करोड २० लाख पाउड बराबरको त्यो सम्झौता चिलीका फुटबल खेलाडीले गरेको सबैभन्दा धेरै रकमको सम्झौता थियो । विश्वकपमा उनको टिम चिली प्रिक्वाटरफाइनलबाटै घर फर्किए पनि विश्वकपमा राम्रो प्रदर्शन गरेका उनले २ गोल गरेका थिए । चिलीका लागि उनले ४७ खेलमा १२ गोल गरेका छन् । २५ वर्षका सान्चेजले बार्सिलोनाका लागि भने १ सय ४१ खेल खेल्दै ४७ गोल गरेका थिए ।

२४ असार । भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीलाई आन्ध्र प्रदेशको एक अदालतले हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्याएको आरोपमा पक्राउ पुर्जी थमाएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार स्थानीय अदालतले दिएका तीन मौकामा पनि उनी अदालतमा हाजिर हुन नआएपछि अदालतले धोनीलाई जुलाई १६ जुलाई सम्ममा अदालतमा पेश गर्न सुरक्षाकर्मीलाई आदेश छ।
भारतबाट प्रकाशित हुने एक विजनेश पत्रिकाको अप्रिल महिनामा मुख्य पृष्ठमा प्रकाशित चित्रसँग सम्बन्धित छ।
जहाँ धोनीलाई भगवान विष्णुको रूपमा प्रस्तुत गरिएको थियो र उक्त चित्रको माथि ‘गड अफ बिग धोनी’ भन्ने शीर्षक दिएको थयो। धोनीले यस चित्रमा विभिन्न कम्पनीको उत्पादनका साथ(साथै एक जुत्ता पनि बोकेका छन्।
भारतको नभभारत टाइम्सका अनुसार फेब्रुअरीमा विश्व हिन्दु परिषदका स्थानीय नेता वाई। श्याम सुन्दरले यस विषयलाई लिएर अदालतमा मुद्धा दायर गरेका थिए। धोनीले हिन्दुहरुको भावनामा आहत पुर्याएको सुन्दरको भनाइ रहेको छ।-एजेन्सी

रियो द जेनेरियो- ब्राजिलका स्ट्राइकर नेइमार घाइते भएका छन्। उनको ढाडको हड्डी भाँचिएकाले आफ्नै देशमा जारी विश्वकपका बाँकी खेल गुमाउने भएका छन्।
शनिबार बिहान कोलम्बियालाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको ब्राजिलका लागि २२ वर्षीया नेइमार घाइते हुँदा ठूलो धक्का लागेको छ। उनलाई कोलम्बियाका ज्वान जुनिगाले ढाडमा धक्का दिँदा उनको हड्डी भाँचिएको थियो।
ब्राजिलका प्रशिक्षक लुइज फेलिपले ब्राजिलको स्पोर्टस टिभीलाई दिएको जानकारी अनुसार उनलाई ढाडमा समस्या देखिएको छ। उनले भने, ‘नेइमारले बाँकी खेल गुमाउनेछन्।’
उपचारमा संलग्न डाक्टर रोड्रिगो लस्मारले नेइमारको अवस्था गम्भिर नभए पनि बाँकी खेल खेल्न नसक्ने बताएका छन्। उनले भने, ‘सर्जरी गराउनु पर्दैन। तर, उनलाई निको हुन केही हप्ता लाग्छ।’
नेइमारलाई चिलीविरुद्धको खेलमा पनि घुँडामा चोट लागेको थियो। उनले यो विश्वकपमा ब्राजिलका लागि ५ खेल खेल्दै ४ गोल गरिसकेका छन्।
विश्वकपमा नेइमार
खेल-५
खेलेको समय- ४५७ मिनेट
गोल-४
News in English
FORTALEZA, Brazil July 5: Brazil´s team doctor says Neymar will miss the rest of the World Cup after breaking a vertebrae during the team´s quarterfinal win over Colombia.
Neymar was kneed in the back by Colombia defender Juan Camilo Zuniga in the second half of Brazil´s 2-1 win, and was in tears when he was carried off the field on a stretcher.
He was taken to a local clinic and team doctor Rodrigo Lasmar said after the match that the star striker had broken his third vertebrae.
Neymar is the Brazil´s biggest star and has scored four goals for the team so far in the tournament.
Brazil plays Germany in the semifinals on Tuesday.

टि-२० क्रिकेट खेल्ने देशको मान्यता पाएको नेपालले एसियन गेम्स क्रिकेटमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
बुधवार जारी एसियन क्रिकेट काउन्सिलको सूचना अनुसार टि-२० क्रिकेटको श्रृंखला यहि वर्षको सेप्टेम्वर १९ तारिख देखी अक्टोबर ४ तारिख सम्म दक्षिण कोरियाको इंचोओनमा हुने भएको छ ।
टेष्ट मान्यता प्राप्त पाकिस्तान, बंगलादेश, श्रीलंका सँग समेत प्रतिस्पर्धा गर्ने नेपालले अन्य मुलुकमा भन्दा क्रिकेटमा आफुलाई अब्बल टिम मान्ने भारत बिरुद्ध समेत नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
१० देश सहभागी प्रतियोगितामा अफगानिस्तान, हंगकंग, मलेसिया, यूएई र आयोजक दक्षिण कोरिया सहभागी हुने भएका छन् ।
दश देश सहभागी प्रतियोगिता टि-२० क्रिकेट प्रतियोगिता हो । नेपालले केही दिन अघि मात्र टि-२० क्रिकेट खेल्ने राष्टको मान्यता पाएको थियो ।
एसियन गेम्स क्रिकेट कोरिया 2014
प्रतियोगीता हुने स्थान:-इंचोओन,साउथ कोरिया
मिती:-सेप्टेम्बर १९ - अक्टोबर ४,२०१४ प्रतियोगीताको
किसिम:टी-20
सहभागी मुलुक (पुरुष)
१.नेपाल
२.भारत
३.पाकिस्तान
४.बंगलादेश
५.श्रीलंका
६.अफ्घानिस्तान
७.हंगकंग
८.मलेसिया
९.यूएई
१०.साउथ कोरिया

(एजेन्सी)– अर्जेन्टिनाकी एक सुपरमोडलले लियोनेल मेस्सीलाई फ्री–स्टाइल फुटबल खेलका लागि चुनौती दिएकी छिन् ।
फिफा विश्वकपसँगै अर्जेन्टिनाकी यी मोडल फियोरेला क्यास्टिलो आफ्नो सुन्दरता, बोल्ड अवतार र फुटबल प्रतिको झुकावका कारण आजकाल निकै चर्चित छिन् ।
ब्राजिलको इपामेनाको समुन्द्रि तटमा आफ्नो फुटबलको प्रतिभालाई उनले प्रदर्शन गरेकी छिन् । उनको प्रतिभा देखेर त्यहाँ उपस्थित सबै दर्शकहरु अचम्मित थिए ।
ती सोपरमोडल भन्छिन्, ‘फ्रि–स्टाइल फुटबलमा मलाई चुनौती दिने ८०० पुरुषहरुलाई मैले हराइसकेकी छु । अब त्यहि व्यक्तिलाई हराउन चाहन्छु जो फुटबल जगतमा सबैभन्दा ठूला छन् ।’ क्यास्टिलोले खुलेर बताइन् कि उनी मेस्सीलाई चुनौती दिन चाहन्छिन् । फुटबलकी पारखी उनी अहिले विश्वकपका हेर्नका लागि ब्राजिलमा छिन् । मेस्सीलाई चुनौती दिन सकिन्छ त भन्ने प्रश्नमा उनले बताइन्, ‘किन सक्दिनँ, चुनौती मात्र होइन, म मेस्सीलाई हराउनेछु ।’

रेफ्रीलाई खेलमा अनुशासन गर्ने जिम्मेवारी हुन्छ । खेलका क्रममा नियम तोड्नेलाई उसैले कारबाही गर्छ ।
रेफ्रीको निर्णयलाई लिएर खेलाडीले जनाउन पाउँछन् , तर खेलाडीले रेफ्रीको शरिरमा भने छुन पाउँदैनन् । खेलाडीले आफ्नो शरिरमा छोए रेफ्रीले कारबाही गर्न सक्छन् ।
यति हुदाँ हुदै पनि असन्तुष्ट खेलाडीले रेफ्रीमाथि जाइलागेका समाचार आइरहन्छन् । अमेरिकाको मिचिगनीिथत लिभोनियामा गत साता अनत्यतिर रमाइलोका लागि खेलिएको फुटबल खेलका क्रममा खेलाडीको प्रहारबाट घाइते बनेका रेफ्री जोनबेनेचिको मृत्यु भएको छ । आफूलाई मैदान बाहिर निकाल्न खोजेपछि बासेल अब्दुल आमरि सादले ४४ पर्षीय बेबिचको टाउकोमा प्रहार गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

काठमाडौं, असार १७ - क्यामरुनको फुटबल संघका अधिकारीहरुले म्याच फिक्सिङमा संलग्न रहेको आरोप लागेको ७ जना खेलाडीको बारेमा अनुसन्धान थालेको छ ।
जर्मनीको एउटा पत्रिकाले क्यामरुनका ७ जना खेलाडीले विश्वकपमा फिक्सिङ गरेको दावीसहितको समाचार सार्वजनिक गरेपछि क्यामरुनका फुटबल अधिकारीले त्यसबारेमा अनुसन्धान थालेका हुन् ।
समूह चरणका तीनै खेल हारेको क्यामरुन क्रोएशियासँग ४–० ले हारेको थियो ।
क्यामरुनको फुटबल संघले विज्ञप्ति निकाल्दै विश्वकपमा भएको भनिएको फिक्सिङमा संघको कुनै संलग्नता नरहेको भन्दै फिक्सिङमा संलग्न भएका भनिएका खेलाडीको बारेमा छानविन गर्ने जनाएको छ । सिंगापुरमा रहेका फिक्सरसँग पैसा लिएर क्यामरुनका खेलाडीले क्रोएशियासँगको खेल ४–० ले हारेको दावी पत्रिकाले गरेको छ । खेलका क्रममा क्रोएसियाका मारियो मन्डजुकिचसँग भिडेपछि क्यामरुनका एलेक्स सङलाई रेफ्रिले रातो कार्ड देखाएका थिए । खेलपछि क्यामरुनका खेलाडी बेनोइट इकोट्टो र बेञ्जामिन मोयउकन्डजोले झगडा समेत गरेका थिए ।

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दसानायकेको म्याद थप गरेर पुनः फिर्ता बोलाउने तयारी गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव देखाउँदै पुवुदुको सम्झौता थप गर्न नसकिकिने बताएपछि सरकारका तर्फबाट युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुवुदुको सम्झौता थपका लागि सरकार आफैंले निर्णय गर्ने तयारी गरेको बताएका छन्।
'पछिल्लो समयमा मुलुकका लागि महत्वपूर्ण योगदान दिएका प्रशिक्षकको म्याद नथप्ने कुरै छैन, क्यान र परिषद्ले म्यान नथप्ने हो भने पुबुदुका बारेमा अब सरकारले निर्णय गर्छ,' मन्त्री पौडेलले भने।
केही कानुनी प्रकृया पुरा गरिसकेपछि सरकारले पुबुदुका बारेमा निर्णय लिने मन्त्री पौडेलले बताए। साथै उनले पुवुदसँग सम्झौताका लागि चाहिने आवश्यक रकमका लागि अर्थमन्त्रालयसँग कुरा भइसकेको जानकारी दिए।
यसअघि खेलकुद मन्त्रालयले पुवुदको म्याद एक बर्ष थप्न निर्देशन दिएपनि खेलकुद परिषद् र क्यानले तीन महिना मात्र समय बढाएर आफूहरुलाई झुक्याएको मन्त्रीले आरोप लगाए।
यसैवीच, अर्थमन्त्री रामशरण महतले क्यानसँग पैसा नभए सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री महतले प्रशिक्षक पुवुदलाई गुमाउन नहुने भन्दै क्यान पैसा तिर्न सक्षम नभए सरकारले सहयोग गर्ने उल्लेख गरेका हुन् ।

Govt cann0t lose coach Dassanayake who s worked hard to raise our cricket status. Govt to support if CAN has become bankrupt n incapable.
— Ram Sharan Mahat (@ramsmahat) July 1, 2014
पुवुदको सोमबार समयावधि सकिएपछि क्यानले आर्थिक अभावका कारण उनलाई ल्याउन नसकिएको बताएको थियो । यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पुवुदुलाई फिर्ता नबोलाए आफू राष्ट्रिय टिमबाट क्रिकेट नखेल्ने घोषणा गरिसकेका छन्।
१४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको छ ।मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको हो ।
नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार व्यहोरेपनि राम्रो चुनौती दिएको थियो ।
आईसीसीको निर्णयसँगै ८ एशोसिएट देशमा ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको छ । अफगानिस्तान, हङकङ। आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र यूएईले यसअघि नै ट्वान्टी-२० राष्ट्रको मान्यता पाइसकेका थिए ।

एडमा र कार्ला ब्राजिलको शहर क्यूआबामा बस्छन्, जहाँ शनिबार ब्राजिल विश्वकप अन्तरगतको बोस्नियाा र नाइजेरियाबीचको खेल भएको थियो ।
दुबैसँग टिकट थिएन । त्यसैले उनीहरु स्टेडियम आसपासमा टिकट किन्ने प्रयासमा थिए । उनीहरुले धेरैसँग सोधे, तर टिकट पाएनन् । तर, सुरु हुनु एक घन्टा अघि रोचक घटना भएको छ ।
एक टुरिस्ट उनीहरु अगाडि आए र टिकट दिने प्रस्ताव गरे । तर, टिकटका लागि पैसा हैन किस मागे ।
एडमाले भनेका छन्, उनले हामी टिकट खोजिरहेको देखेका थिए । उनले आफ्नो टिकट दिए र भने अब मैले एक किस त पाउनुपर्छ ।’ एडमाले उनको अनुहारमा किस गरे । तर, उनले मुखमा नै किस गर्न भन्दै हिडे ।
किस र टिकट साटेपनि उनीहरुको समस्या भने समाधान भएन । किनकी उनीहरु दुई जना थिए, टिकट एउटा । त्यसैले एडमा र कार्ला फेरि टिकट खोजीमा लागे ।

लन्डन : हरेक वर्ष विश्वकप फुटबलमा चल्ने बहस हो , खेलाडीको यौन सम्पर्क ।
प्रतियोगिताको दौरानमा यौन सम्पर्क दिनु हुन्छ वा दिनु हुँदैन भन्ने बारेमा प्रशिक्षकको अवधारणाले मुख्य महत्व राख्ने गर्छ। विश्वकमामा पनि यौन सम्पर्क गर्न दिनु पर्छ भन्ने मान्यता राख्ने प्रशिक्षकको सँख्या नै अधिक देखिएको छ
यौन सम्पर्क राख्न दिनु पर्छ भन्नेमा १३ टिममा इङल्यान्ड, नेदरल्यान्ड्स, जर्मनी, अस्ट्रेलिया, ब्राजिल, स्विट्जरल्यान्ड, स्पेन, अमेरिका, उरुग्वे, इटाली, कोस्टारिका, फ्रान्स र नाइजेरिया छन्। यौन सम्पर्क राख्न छुट दिने अधिकांश टिमले पत्नी वा प्रेमिकासँग राख्ने अनुमति दिएका छन्र। तर नाइजेरियाले भने प्रेमिकालाई अनुमति दिएको छैन। पत्नी हुने खेलाडीलाई मात्र यौन सम्पर्कको अनुमति दिएको छ।
यौन सम्पर्क अनुमति नदिने टिममा चिली, मेक्सिको, रुस, बोस्निया हर्जगोभिना, क्यामरुन, घाना र दक्षिण कोरिया छन्। अर्जेन्टिना , जापान, इरान, इक्वेडर, हेान्डुरस , कोलम्बिया, बेल्जियम, अल्जेरिया, आइभोरी कोस्ट, क्रोएसिया लगायतका देश भने मौन छन्। यसरी स्पेनका खेलाडीहरूलाई यौन खुल्ला गरेका कारण विश्वकपमा नराम्रो पराजय भोगेको अनुमान गर्न थालेका छन् । १३ राष्ट्रले खेलाडीहरूलाई यौन खुल्ला राख्नु पर्छ भनेता पनि खेलाडीहरूलाई प्रेमी र श्रीमतिलाई भेट्न दियेको छैन् तर स्पेनले भने आफ्ना खेलाडीहरूलाई श्रीमति र प्रेमिका होटलमा संगै राख्न दिएका छन् । -एजेन्सी

४ असार, एजेन्सी ।
ब्राजिलमा जारी विश्वकप फुटवलका खेल हेर्नका लागि तीन रात सम्म लगातार अनिदो बस्ने एक युवकको ज्यान गएको छ । चीनको सांघाइमा फुटवलका क्रेजी फ्यान ३९ वर्षीय झोउ मेङको फुटवल हेर्दा ज्यान गएको हो ।
निरन्तर फुटवल हेरेर अनिदोका कारण गम्भिर अवस्थामा पुगेका मेङलाई मस्तिस्क घात भएपछी पिपल्स हस्पिटलमा ल्याइएको थियो । तर उनलाई चिकित्सकहरुले केही समयमै मृत घोषित गरे ।
यो घटनापछि चीन सरकारले ब्राजिल र चीनबीचको समयान्तरलाई ख्याल गर्न र निरन्तर अनिदो नबस्न चेतावनी जारी गरेको छ ।
कोस्टारिका र उरुग्वेबीचको खेलमा केस्टारिकाले ३ एको विजय हासिल गरेपछि उत्तेजित भएका उनलाई ब्रेन ह्यामरेज भएको थियो ।
उच्च रक्तचापको समस्या पनि देखिएपछि उनलाई हतारमा अस्पताल पुर्याइएको थियो ।
मेङका आफन्तले मेङ अघिल्ला २ रात लगातार विश्वकपका खेल हेरेर बसेको र तेश्रो रात यस्तो घटना भएको बताए ।
सोफामा बसेर टिभी हेरिरहेका उनी त्यहीँ ढलेका थिए ।
शांघाइ अस्पतालमा विश्वकप शुरु भएपछि इमर्जेन्सीका विरामी बढी आइरहेको अस्पतालका अधिकारीहरुले जनाएका छन् ।
अधिकाँशलाई अनिदो र अनियमित खानाबाट हुने समस्या देखिएको उनीहरुको भनाइ छ ।

एजेन्सी । साओ पाउलोबाट सुरु भएको विश्वकप फुटबल अब एक महिनापछि रियो दि जेनेरियोस्थित माराकाना पुगेर सम्पन्न हुँदैछ ।
विश्वकप फुटबल चर्चित फुटबलरले जति चर्चित हुने गर्छ त्यतिकै ति फुटबलरका प्रेमिकाको हर्कतका कारण चर्चामा रहने गर्छ । त्यसमा पनि अधिकांश फुटबलरका प्रेमिकाहरु ग्ल्यामर क्षेत्रमा काम गर्ने गरेको पाइन्छ । ति यसप्रकार छन ः
–क्रिष्टियानो रोनाल्डोकी प्रेमिका इरिना सायक भोग म्यागाजिनमा पछिल्लो समय दिएको फोटोसुटका कारण चर्चामा रहेकी छन् । उनीहरुबीच चारवर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।
–क्रोएसिया विरुद्धको विश्वकपको पहिलो खेलमा नै २ गोल गरेर सबैको ध्यान आफूतिर तानेका ब्राजिलियन स्टार नेइमार पनि १८ वर्षीय मोडल बु्रनासँग प्रेममा रहेका छन् ।
–यदी कसैले फुटबलबारे चर्चा गरिरहेको छ भने बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीको नाम छुटाउँदैन । उनी अहिले अर्जेन्टिनाको टोलीका सबैभन्दा आश गरिएका खेलाडी हुन् । तर उनको यत्रो चर्चा हुनुभन्दा पहिला नै एन्टोलिना रोकुजोसँग सम्बन्ध भइसकेको थियो ।
–सन् २०१० को विश्वकपको वाका वाका बोलको गीत निकै चर्चित रह्यो । सोही विश्वकपपछि उनी प्रेम सम्बन्धमा बाँधिइन् । त्यो पनि विश्व च्याम्पियन स्पेनकै जेरार्ड पिकसंग । उनले अहिलेको विश्वकपमा पनि ला ला ला गीत गाएकी छन् भने सो गीतको भिडियोमा पिकले पनि अभिनय गरेका छन् ।
–निकै सन्काहा तर खुवी भएका खेलाडी हुन् मारियो बालाटेली । उनी कहिलेकाँही सँगै नाम जोडिएर आउने फेनी नेगुइसाको कोरण चर्चामा रहने गर्दछन् ।
विश्वकप फुटबल चर्चित फुटबलरले जति चर्चित हुने गर्छ त्यतिकै ति फुटबलरका प्रेमिकाको हर्कतका कारण चर्चामा रहने गर्छ । त्यसमा पनि अधिकांश फुटबलरका प्रेमिकाहरु ग्ल्यामर क्षेत्रमा काम गर्ने गरेको पाइन्छ । ति यसप्रकार छन ः
–क्रिष्टियानो रोनाल्डोकी प्रेमिका इरिना सायक भोग म्यागाजिनमा पछिल्लो समय दिएको फोटोसुटका कारण चर्चामा रहेकी छन् । उनीहरुबीच चारवर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।
ब्राजिलमा विश्वकप फुटबलको नशा चढेको छ । देशका फुटबल प्रेमीहरु विरोध प्रदर्शनमा उत्रिएको सानो समूहप्रति असन्तुष्ट बन्दै गएका छन् ।
एक सुन्दर युवती ब्लाक ब्लकका कार्यकर्तालाई भगाउने प्रयास गरिरहेकी थिइन् । यी ‘अराजक’ कार्यकर्ता केही सहरमा अव्यवस्था पैदा गर्ने प्रयासमा छन् । ब्राजिलियन टिमको हरियो र पहेँलो रंगको टिशर्ट लगाएकी युवती उक्त समूहलाई लखेट्दै भनिरहेकी थिइन्-’यहाँबाट जाओ । हामीलाई फुटबल हेर्न देऊ ।’
ब्लाक ब्लकका कार्यकर्ताहरु सडकमा आगो बाल्ने, पसलहरुको सटर तोड्ने जस्ता अराजक गतिविधिका लागि कुख्यात छन् । साओ पाउलोको अर्को चोकमा प्रहरीको टोली पुग्नासाथ मानिसहरु झ्यालबाट ब्लाक ब्लकका उपद्रो कार्यकर्तालाई गिरफ्तार गर्न आग्रह गरिरहेका थिए । जब प्रहरीले प्रदर्शनकारीलाई लखेट्न थाल्यो, उनीहरु प्रहरीलाई हौसाइरहेका थिए ।
जितको खुसीमा १२ घन्टे सेक्स
चिलीका पार्नस्टार मार्लेन डलले घोषणा गरेकी थिइन् कि विश्वकपमा चिलीले आफ्नो पहिलो खेलमा अष्ट्रेलियालाई हराए आफ्नोे ट्वीटर प्रशंसकलाई विशेष सेक्सी तस्वीर र भिडियो अपलोड गर्छु । चिलीले आफ्नो पहिलो खेलमा अष्ट्रेलियालाई ३-१ ले हरायो ।
जितसँगै डलले प्रतिवद्धता अनुुसार सामाजिक सञ्जालमा आफ्नो तस्वीर, भिडियो र स्टारी पोष्ट गरिन् । आफ्ना प्रशंसकप्रति खुसी साट्दै उनले भनेकी छन्-’हामीले जित्यौं । चिलीको जितको खुसी हामी १२ घन्टा सेक्सका साथमा मनाउँछौं ।’
चिली र अष्ट्रेलियाबीचको खेल शनिबार विहान थियो । मार्लेनले केही ढिलो गरी आफ्नो प्रतिवद्धता पूरा गरिन् । उनका प्रशंसकहरु निकै खुसी भएका छन् र ट्वीटरमा धन्यवाद दिएका छन् ।
‘पोप’को पार्टी
रियो दि जेनेरियोमा कोपाकाबाना समुन्द्री तटको एवेनिडा अटलान्टिकको बाटोमा अर्जेन्टिनाका एक हजार समर्थक जम्मा भएका थिए । बोस्नियाविरुद्ध आफ्नो टिमले माराकाना स्टेडियममा खेल्ने विश्वकपको पहिलो खेलको एक दिनअघि पार्टी आयोजना गरिएको थियो ।
पार्टीमा पोप फ्रान्सिस जस्तै देखिने एक व्यक्ति पनि रमाइरहेका थिए । पोप फ्रान्सिस मूलतः अर्जेन्टिनाका हुन् । पार्टीमा संलग्न ‘पोप’ले आफ्नो हातमा विश्वकपको नक्कली ट्रफी लिएका तिए र ‘ब्राजिलियन, ब्राजिलियन, यू आर बिटर बोलको गीत गाइरहेका थिए । यो शहरमा ३५ हजार बढी अर्जेन्टिनाका मानिस बस्ने अनुमान छ ।
यदि सोमबार विहान हुने खेलमा लिओनल मेस्सी नेतृत्वको टोलीले बास्नियाविरुद्ध जित हात पारे रियोको सडकमै पार्टी हुने अपेक्षा गरिएको छ ।